पहिलो पटक मतदान गर्नेहरुले छान्दैछन् यस्ता उम्मेदवार

पाेखरा | कात्तिक २४, २०७९

पहिलो पटक मतदान गर्नेहरुले छान्दैछन् यस्ता उम्मेदवार

पोखरा:   मंसिर ४ गतेको चुनावी माहोल दिनप्रतिदिन बढीरहेको छ । मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई कात्तिक १७ देखि १ गतेसम्म चुनावी प्रचारप्रसार, जुलुुस, आमसभा गर्न अनुमति दिएसँगै चुनावी सरगर्मी बढेको छ । 

 

२०७४ को प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा नेकपा एमाले, माओवादी र जनमोर्चा सयुक्त बामगठबन्धन गरी निर्वाचनमा होमिए, दुईतिहाईसहित केही वर्ष स्थिर सरकार चलाए तर बाम गठबन्धन ५ वर्षपनि टिक्न सकेन । 

 

बाम गठबन्धन फुटेर अहिले पाँचदलिय गठबन्धन र केही जिल्लामा एमालेसहितका गठबन्धनसँगै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा जुटिरहेका छन् । सबैले आफु चुनाव जितेर गए देशसँगै आफ्नो क्षेत्रको विकाससँगै समृद्धको सपना बाँड्दै चुनावी प्रचारप्रसारमा लागेका छन् । 

 

तर राजनीतिक दलको हबिगत हेर्दा अहिले युवापुस्ताहरु भने सन्तुष्ट देखिदैनन् । यसैबीच, निर्वाचन विशेष समाचार रिपोर्टिङकोक्रममा भेटिइन पर्वत कुश्मा नगरापालिका ११ का सुमित्रा रिमाल । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन उनको पहिलो मतदानको अनुभव हो । उनले स्थानीय निर्वाचनमा पार्टी र कसैको सिद्धान्त नहेरी योग्य जनप्रतिनिधिलाई मतदान (भोट) दिएको बताइन् । 

 

उमेरले २५ वर्ष पुगेका रिमाल पोखरामा बस्दै आएकी छिन् । आफु शारीरिक अपाङ्गता भएका कारण आफुसँगै अपाङ्गता भएका नागरिकको पक्षमा र देशलाई समृद्ध बनाउने उम्मेदवारलाई मतदान गर्ने उनको योजना रहेको छ । 

 

यस्तै म्याग्दीको मालिका गाउँपालिका ३ स्थायी घर भएका मिलन पर्तेलसँग मतदान गर्न पाउने परिचय पत्र नभएका कारण मतदान गर्न नपाउने भए पनि योग्य व्यक्तिलाई मतदान गर्न सुझाव दिए ।  ‘म्याग्दी हिमाली जिल्लामा कायम भएपनि त्यही अनुसारको राज्यबाट नीति निर्माण र बजेट बिनियोजन हुन सकेको छैन’, उनले भने,‘ समर्ग म्याग्दी बासीको समस्यालाई समाधान गर्न सक्ने र जिल्लाको विकासमा विशेष ध्यान पुर्‍याउन सक्ने उम्मेदवारलाई मतदान गर्नुहोला ।’

 

बजार देखि गाउँको आगनसम्म चुनावी माहोलले तातिरहेको छ । कस्तो उम्मेदवारलाई विजयी बनाउने जिम्मामा मतदाताको हातमा रहेको छ । यस्तै दृष्टिविहिन सञ्जु रानाले भने दृष्टि बिहिन तथा शारीरिक अपाङ्गता भएको व्यक्तिको पक्षमा वकालत गर्ने उम्मेदवारलाई मतदान गर्ने योजना सुनाइन् । 

 

२७ वर्षीय राना स्याङ्जाका मतदाता हुन् । उनले आफै मतदान गर्न भने सक्दैन् कारण हो उनी दृष्टि बिहिन जसले गर्दा गएको बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा मतदान गर्न बाबाको सहयोग लिनुपरेको थियो । 
पोखराको पृथ्वीनारायण क्याम्पसमा शिक्षा संकायमा स्नातकोत्तर चौथो सेमेष्टरमा अध्ययनरत उनी योग्य र सक्षम नेतृत्व चुन्न मंसिर ४ गतेको निर्वाचनमा सहभागी हुदैछिन् । 

 

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा ७४ को निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेका उम्मेदवार निर्वाचित भएका थिए । तर यस पटक यसै क्षेत्रका मतदाता सर्पन भुजेलले यस निर्वाचनमा फरक उम्मेदवारले जित्नुपर्ने तर्क राखे ।  ‘आफ्नो पक्षमा मतदान गर्न राजनीतिक पार्टीदेखि स्वतन्त्र उम्मेदवार घरदैलोमा आएका छन्’ उनले भने, अघिल्लो निर्वाचनमा जितेर गएका उम्मेदवारले सोजेजस्तो काम गर्न नसकेकाले फरक उम्मेदवारलाई मतदान गर्न पर्छ ।’


 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्